site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाको लस एन्जलससहित ११ सहरमा प्रदर्शन

काठमाडौं । अमेरिकी सरकारले आप्रवासीमाथि छापा मारेपछि भएको प्रदर्शनमा हिंसात्मक प्रतिरोध गरेपछि थप १० सहर र राज्यहरूमा विरोध प्रदर्शन सुरु भएको छ ।

ट्रम्प प्रशासनले लस एन्जलसमा स्थिति नियन्त्रण गर्न राष्ट्रिय गार्ड र अमेरिकी मरिन तैनाथ गर्ने आदेश दिएको छ, यद्यपि क्यालिफोर्नियाका गभर्नरले यसविरुद्ध मुद्दा दायर गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ल्याटिनो जनसंख्या बढी भएको क्षेत्रबाट अध्यागमन अधिकारीहरूले छापा मारेर ठूलो संख्यामा अवैध आप्रवासीलाई पक्राउ गरेपछि विरोध प्रदर्शन सुरु भएका हुन् । 

लस एन्जलसबाहेक धेरै सहरमा विरोध प्रदर्शन र जुलुसहरू सुरु भएका छन् । अमेरिकाको दोस्रो ठूलो सहर लस एन्जलसका प्रभावित क्षेत्रहरूमा धेरै सवारी साधनमा आगजनी गरिएको रिपोर्ट छ र धेरै ठाउँमा लुटपाट पनि भएको छ ।

बीबीसी संवाददाता माया डेभिसका अनुसार मंगलबार टेक्सास, न्युयोर्क, सन फ्रान्सिस्को, सान्टा आना, फिलाडेल्फिया, एटलान्टा, सिकागो, वासिंग्टन डीसी, बोस्टन र सियाटलमा विरोध प्रदर्शन भएका थिए । प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।बीबीसी

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  २०:०७
प्रतिक्रिया दिनुहोस्