site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलको ‘अपरेशन राइजिङ लायन’ अन्तर्गत इरानका ६ जना परमाणु वैज्ञानिकको मृत्यु

काठमाडौं । इजरायलले ‘अपरेशन राइजिङ लायन’ सैन्य अभियान मार्फत इरानका ६ जना परमाणु वैज्ञानिकहरुलाई मारेको इरानको राज्य नियन्त्रित टास्निम समाचार संस्थाले शुक्रबार जनाएको छ ।

मारिएका परमाणु वैज्ञानिकहरूमा इरानको परमाणु ऊर्जा संस्थानका पूर्वप्रमुख फेरेडुन अब्बासी र भौतिक विज्ञानी मोहम्मद महदी तेहरान्ची पनि परेका छन् । उनी इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष पनि भएको टास्निमसमाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, शुक्रबार नै इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले हमलामा धेरै सैनिक कमान्डरहरू र वैज्ञानिकहरू मारिएको पुष्टि गरेका थिए । इरानले आणविक हतियार विकास गर्ने प्रयासलाई रोक्ने उद्देश्यले इजरायलको यो सैन्य अभियान भएको बताइएको छ ।

ईरानको नाटान्ज युरेनियम विकास संरचना, परमाणु वैज्ञानिकहरू र ब्यालिस्टिक मिसाइल कार्यक्रमको केन्द्र लक्षित आक्रमण गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्