site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । प्रहरीले पत्रकार दिलभुषण पाठकलाई थुनामा राखेर अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ ।

जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै पक्राउ अनुमति मागेको थियो । प्रहरीको साइबर ब्युरो भोटाहिटीले उनीविरुद्ध पक्राउ अनुमति मागेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही अनुमतिका आधारमा जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पुर्जी जारी गरेको प्रहरी उच्च अधिकारीले जानकारी दिए ।

उनीविरुद्ध आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरसिंह देउवाको होटल हिलटनमा लगानी रहेको अपुष्ट समाचार प्रसारित गरेको आरोप छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्