
काठमाडौं । चलचित्र ‘एक्लो’का कलाकार सुनील थापा र एवनराज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।
यसअघि प्रदीप खड्का, विजय लामा, दीया पुन, वेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेका छन् ।
साइन्स फिक्सनमा आधारित चलचित्रको पोस्टरमा दीया पुनको नाम एस्ट्रोनट पुन छ । चलचित्रका निर्देशक प्रदीप शाही हुन् ।
‘एक्लो’को लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्रको प्रदर्शन मिति तय भएको छैन ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवनराज उप्रेतीलगायतको अभिनय छ ।
चलचित्र ‘एक्लो’का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी छन् ।
बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन छ ।