
काठमाडौं । रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री राईले संविधानका कतिपय जटिलता संशोधन गर्दै जानुपर्ने बताए ।
"समस्या समाधान गर्दै जाऔँ । संविधानका कतिपय जटिलता संशोधन गर्दै जानुपर्ने विषय पनि होला । ती कुरा पनि भोलि नगरी नहुने कुनै परिस्थितिमा छ भने हाम्रो नेपालको संविधान त अपरिवर्तनीय त भनिएको छैन । हामीले भनेका छैनौँ । संविधान अकाट्य भनेर भनेका छैनौँ । समय र परिस्थितिअनुसार संशोधन गर्न सकिनेछ," उनले भने ।
मन्त्री राईले गैरआवासीय नेपाली र ब्रिटिस गोरखामा भर्ती भएकाहरूको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए ।
मन्त्री राईले नेपालले केही सिमाना गुमाउनुपरेको भए पनि नेपाल स्वतन्त्र देश रहेको बताए । उनले नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताए ।
न्युज एजेन्सी नेपालबाट ।