राजनीति

काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा विपक्षी दलहरू छलफलमा जुटेका छन् । विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले अहिले बानेश्वरस्थित संसद् भवनमा छलफल गरिरहेका छन् ।
यसअघि, आइतबार विपक्षी दलहरूले सभामुखलाई आज दिउँसो २ बजेसम्म सहमति गरेर जानकारी गराउने बताएका थिए ।
आज प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ । विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक जेठ १५ गतेयता बस्न सकेको छैन ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १३:४६
प्रतिक्रिया दिनुहोस्