site stats
बाह्रखरी :: Baahrakhari
कला
‘द ब्ल्यू लाइट’को मुख्य भूमिकामा वेनिशा कि सृष्टि ?

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक वेनिशा हमाल छिन् । 

उनलाई बारमा औंलामा चुरोट च्यापेर तनावमा देखिएकी छिन् । उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडि रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ ।

Argakhachi Cement Island Ad

सिनेमाको मुख्य अभिनेत्रीमा वेनिशा हुन् वा सृष्टि श्रेष्ठ भन्ने निश्चित छैन । पहिलो पोस्टर भने वेनिशाको आएको छ । उनी यो सिनेमाकी निर्मात्री पनि हुन् । 

पोस्टरले सिनेमाले काठमाडौंको रंगीन नाइटलाइफभित्रको तनाव, त्यसभित्रको ‘डार्क साइड’ र मनोविज्ञानको कथा भन्ने संकेत गरेको छ । 

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरिरहेका छन् । ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा वेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका वेनिशा हमाल रहनेछन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीको हुने प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्