
काठमाडौं । थाइल्यान्ड र कम्बोडियाको सीमामा झडपका कारण एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि दुई देशबीच उत्कर्षमा पुगेको विवाद कम गर्ने सहमति भएको छ । दुवै देशले आ–आफ्ना सैनिकलाई सीमाबाट हटाएर पूर्ववत् अवस्थामा पर्काउने सहमति गरेका अलजजिराले जनाएको छ ।
थाइल्यान्डका रक्षामन्त्री फुमथाम वेचायाचाईले आउँदो शनिबार बस्ने दुवै देशको संयुक्त सीमा समितिले समस्या समाधान गर्ने बताए । तर, कम्बोडियाका विदेशमन्त्री पार्क सोखोनले थाइल्यान्डसँगको सीमा विवाद समाधानका निम्ति आफ्नो देशले अन्तर्राष्ट्रिय अपराध अदालत गुहारेको उल्लेख गरे ।
तर, उनले थाइल्यान्डले अन्तर्राष्ट्रिय अपराध अदालतको फैसला स्वीकार नगर्ने स्पष्ट पार्दै दुईपक्षीय वार्ताबाट समाधान खोजिने बताए । दुई देशबीच एक शताब्दीयता सीमा विवाद छ ।
शनिबार थाइल्यान्डले आफ्नो देशको सम्प्रभुता र सुरक्षामा ‘थ्रेट’ भएको भन्दै दुई देशबीचका सबै सीमानाका नियन्त्रणमा लिएको थियो ।