
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको १०१औँ दिन मनाएको छ । चलचित्रले १०१औँ दिन मनाएपछि निर्माता नवीन श्रेष्ठले विद्यार्थीलाई सहयोग गरेका छन् ।
‘लाज शरणम्’का निर्माता श्रेष्ठले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेका हुन् ।
कुमार कट्टेलको निर्देशन रहेको चलचित्र ‘लाज शरणम्’ले काठमाडौंका दुईवटा सिनेमा हलमा प्रदर्शनको १०१औँ दिन मनाएको हो ।
‘लाज शरणम्’मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायत लगायतको अभिनय छ ।