site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक

काठमाडौं । असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने चलचित्र ‘सोल्टिनी’को पहिलो गीत सार्वजनिक भएको छ । 

सार्वजनिक गीत ‘सत्य जुगैको’ पूर्वेली मारुनी भाकामा आधारित छ । गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर छ । गीतमा संगीत तथा शब्द प्रशान्त सिवाकोटीको छ । 

Argakhachi Cement Island Ad

भोजपुरमा छायांकन गरिएको गीतको भिडियोमा अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङले नृत्य छ । 

चलचित्रका निर्देशक अर्जुन सुवेदी हुन् । चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउनेछ । दुई प्रमुख पात्रबीचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्