राजनीति

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगन भएको छ । अर्को बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ ।
सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु भएको घोषणा गरेलगत्तै विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका हुन् ।
सभामुखले पटकपटक सदनमा अवरोध नगर्न आग्रह गरे पनि विपक्षीले नमानेपछि बैठक स्थगन गरिएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ १८:३६
प्रतिक्रिया दिनुहोस्