site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वसाधारणलाई कुटपिट गर्ने चार ट्राफिक प्रहरी हटाइए
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार ट्राफिक प्रहरी लाई जिम्मेवारीबाट हटाइएको छ । ट्राफिक प्रहरीका नायब निरीक्षक सई इश्वर महर्जनसहित चारजनालाई जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गण महाराजगञ्जमा सरुवा गरिएको छ । 

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी दीपक गिरीका अनुसार, चारमध्ये एकजना पहिले नै धादिङ गइसकेका छन् । "सर्वसाधारणलाई कुटपिट गरेको भिडियो भाइरल भइसकेपछि हामीले नियमअनुसार, कारबाही गरेर पठाएका हौँ," एसपी गिरीले भने । 

२०८१ मंसिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको घटना बाहिरिएको थियो । त्यसपछि उनीहरुमाथि ट्राफिकले छानबिन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्