अर्थ व्यवसाय

काठमाडौं । नेपाल बैंक र सुजुकी गाडीको आाधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्सबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरूले सुजुकी गाडी खरिद गर्दा उक्त छुट पाउनेछन् ।
दिइएको छुटबाहेक हुन आउने गाडीको खरिद रकममा थप ३० हजारदेखि एक लाख ७५ हजारसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र न्यान्सी अटोमोबाइल्सकका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ १६:४६
प्रतिक्रिया दिनुहोस्