site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१३ वटा फोटोन माउन्टेन ईभी स्कुल भ्यान जेभियर इन्टरनेसनल स्कुललाई हस्तान्तरण

काठमाडौं । इलेक्ट्रिक सवारीको प्रवर्द्धनमा जोड दिँदै एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले जेभियर इन्टरनेसनल स्कुललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईभी स्कुल भ्यान हस्तान्तरण गरेको छ । वातावरणमैत्री र दिगोपनमा आधारित यस कदमले निजी शैक्षिक संस्थाले पनि हरित यातायातप्रति चासो देखाउन थालेको स्पष्ट संकेत दिएको छ ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत भ्यानहरू हस्तान्तरण गरिएको हो । एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यको उपस्थिति थियो । कार्यक्रममा जेभियर इन्टरनेसनल स्कुलका पदाधिकारी तथा शिक्षक–शिक्षिकाको समेत उल्लेखनीय उपस्थिति थियो ।

Argakhachi Cement Island Ad

फोटोन माउन्टेन ईभी भ्यान आधुनिक प्रविधियुक्त, शून्य प्रदूषणयुक्त र ऊर्जा दक्षतामा केन्द्रित सवारी हो । ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटरसहित सुसज्जित यस भ्यानले ३३० एनएमको टर्क प्रदान गर्छ र २५ प्रतिशत ग्रेडियाबिलिटीसहित पहाडी तथा सहरी क्षेत्रका लागि उपयुक्त छ ।

यसको चौडा भित्री संरचना, न्यून सञ्चालन खर्च र वातावरणमैत्री प्रविधिले गर्दा यो भ्यान शैक्षिक संस्थाका लागि दीर्घकालीन, सुरक्षित र स्मार्ट विकल्पका रूपमा स्थापित भएको छ ।

हस्तान्तरण समारोहमा बोल्दै एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ताले भने, “हामीलाई जेभियर इन्टरनेसनल स्कुलसँग सहकार्य गर्न पाएकोमा गर्व छ । यी भ्यानहरूले वातावरणलाई संरक्षण गर्दै आधुनिक यातायात आवश्यकता पूरा गर्छन् ।”

त्यसैगरी, कम्पनीका सेल्स हेड नवीन आचार्यले भने, “फोटोन माउन्टेन ईभीले सुरक्षा, सुविधा र दक्षताको उत्कृष्ट संयोजन दिएको छ । यसले विद्यार्थी, अभिभावक र स्कुल प्रशासन सबैलाई लाभ पुर्‍याउनेछ ।”

स्कुल प्रशासनले पनि वातावरणप्रति प्रतिबद्धता जनाउँदै भविष्यमा पनि यस्ता प्रविधिमा लगानी बढाउने योजना रहेको जानकारी दिएको छ ।

१३ वटा ईभी भ्यान प्राप्त गर्दै जेभियर इन्टरनेसनल स्कुल नेपालकै सबैभन्दा ठूलो संख्यामा इलेक्ट्रिक भ्यान प्रयोग गर्ने शैक्षिक संस्था बनेको छ । यस कदमले न केवल भौतिक पूर्वाधार सुधारको संकेत दिएको छ, तर स्मार्ट र दिगो भविष्यतर्फको सामूहिक सोचको पनि प्रतिनिधित्व गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्