site stats
बाह्रखरी :: Baahrakhari
देश
सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ रुपेयाँ बराबर रहेको जनाएको छ । 

Argakhachi Cement Island Ad

सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ रुपैयाँ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । 

आयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो ।

आयोगले सोडारीले पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकाले सो कार्य भ्रष्टाचार भएको ठहर गरेको छ । 

सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गैता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातमा राखेको पाइएको छ ।

आयोगले एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०५:५६
प्रतिक्रिया दिनुहोस्