site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादी र वाईसीएलबीच झडप हुन लाग्दा रोक्यौँ : प्रहरी

काठमाडौं । २४ वर्षअघि भएको दरबार हत्याकाण्डमा दिवंगत भएकाहरूको सम्झनामा कमलादी गणेश मन्दिरमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा झडपको स्थिति आएको छ । 

हिमानी ट्रस्टले दीप प्रज्ज्वलन आयोजना गरेको थियो । जहाँ पूर्वयुवराज्ञी हिमानी शाह र हृदयेन्द्र शाह उपस्थित थिए । 

Argakhachi Cement Island Ad

गणेश मन्दिर नजिकै रहेको प्रज्ञा भवनमा वाईसीएलको भेला चलिरहेको थियो । दीप प्रज्ज्वलनका क्रममा राजावादी र वाईसीएल कार्यकर्ताबीच झडपको स्थिति आएको, तर प्रहरीले स्थिति नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । 

बाह्रखरीसँग कुरा गर्दै उनले भने ‘झडप भएको होइन, अलिकति असहज अवस्था आएको थियो, हामीले तत्काल स्थिति नियन्त्रणमा लियौँ ।” 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्