site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री– सदन खोलेर अघि बढौँ, प्रतिपक्षीको अडान– गृहमन्त्रीको राजीनामा

काठमाडौं । शीर्ष नेताहरूबीच संसद्को गतिरोध हल गर्ने विषयमा छलफल भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने अडान प्रतिपक्षीले राखेपछि सोमबार सिंहदरबारमा शीर्ष नेताबीच छलफल भएको हो ।  

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताबीच छलफल भएको हो । छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्रीको राजीनामा नभएर सदन खोलेर अघि बढ्ने प्रस्ताव राखेका हुन् । 

Argakhachi Cement Island Ad

“राजीनामा होइन, सदन खोलेर अघि जानुपर्छ भन्ने कुरा राख्नुभयो,” माओवादीका प्रमुख सेचतक हितराज पाण्डेले भने । आफूहरूले भने गृहमन्त्रीको राजीनामाको माग राखेको बताए । ओलीको प्रस्तावमा माओवादीले विपक्षीसँग छलफल गर्ने जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्