site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दोस्रो तहका नेता लिएर वार्ता बसे ओली, देउवा र प्रचण्ड
Argakhachi Cement Island Ad

काठमाडौं । दोस्रो तहका नेतालाई लिएर प्रमुख दलका शीर्ष तीन नेता वार्तामा बसेका छन् । सिंहदरबारमा भएको छलफलमा संसद्मा देखिएको गतिरोध अन्त्यमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्