site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीका सांसदहरूलाई ओलीको निर्देशन– तर्कपूर्ण खण्डन गर्नूस्

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटका विषयमा तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । 

सोमबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमाथि मंगलबारको संसद्को बैठकबाट छलफल प्रारम्भ हुने भएकाले तयारीका साथ रहन निर्देशन दिएका हुन् । 

Argakhachi Cement Island Ad

उनले तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरू राख्न निर्देशन दिँदै विरोधीहरूले धर्मर हुनेगरी कुतर्क गर्ने भन्दै सचेत रहन आग्रह गरे । कुतर्कहरूको दरिलो गरी खण्डन गर्न आग्रह गरे । पार्टीका सांसदहरूलाई तथ्य, तथ्यांकसहित खण्डन गर्न अध्यक्ष ओलीको निर्देशन छ । 

"यो बजेटमाथि अब भोलिबाट सामान्यतयाः छलफल प्रारम्भ हुँदैछ । माननीयजीहरूले त्यहाँ तर्कपूर्ण ढंगले किन बजेट ठिक छ ? तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरू राख्नुपर्नेछ । विरोधीहरूले धर्मर हुनेगरी कुतर्क गर्दछन् । ती कुतर्कहरूको हामीले खण्डन गर्नुपर्नेछ । तर्कयुक्त ढंगले खण्डन गर्नुपर्नेछ," ओलीले भने ।

अध्यक्ष ओलीले आफ्नो विषयमा केन्द्रित भएर बोल्ने गरी तयार रहन निर्देशन दिए । छरपस्ट भएर नबोल्न सचेत गराए । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्