देश

काठमाडौं । पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिँदा उच्च अदालतले जनकपुरले बम विस्फोट भएको प्रमाणबाट पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ ।
बुधबार उच्च अदालत जनकुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिएको छ । सफाइ दिँदा इजलासले आलमको घरमा ०६४ चैत २७ मा बम विस्फोट भएको प्रमाणबाट पुष्टि हुन नसकेको ठहर गरेको रजिस्ट्रार दीपक भण्डारीले जानकारी दिए ।
यस्तै, घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अस्करलाई ट्याक्टरमा हाली इँट्टाभट्टामा जलाइएको पनि प्रमाणबाट पुष्टि गर्न वादी पक्षले नसकेको इजलासको ठहर छ । आलम आजै छुट्दै छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १८:३६
प्रतिक्रिया दिनुहोस्