site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जन्ते बाख्रो’को प्रचार पूर्वदेखि पश्चिमसम्म

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को निर्माण टिमले सिनेमाको प्रचार सुरु गरेको छ । सिनेमाको प्रचार नेपालको पूर्वी क्षेत्रबाट सुरू भएको छ । 

पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरूमा प्रचार सामग्रीहरू प्रदर्शन गरिने निर्माता सन्तोष गौतमले जानकारी दिएको निर्माणपक्षले प्रेस नोटमा उल्लेख गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले राम्रो सिनेमा निर्माण गरेकाले यसको जानकारी दर्शकमाझ पुर्याउन अथक प्रयास गरिरहेका छौँ । झापाका मुख्य सहरहरूमा सिनेमाका पोस्टर तथा अन्य प्रचार सामग्री राखिसकेका छौँ,” उनले भने, “हाम्रो लक्ष्य देशभर जन्ते बाख्रोमय वातावरण सिर्जना गर्नु हो ।” 

सिनेमाको प्रचारका क्रममा सार्वजनिक गरिएका तीन गीत ‘घामै राजा’, ‘अगुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनले बताउ । 

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारको अभिनय छ ।

चलचित्र जेठ २३ गतेबाट रिलिज हुनेछ । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्