site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुशासनका नाममा सबै सूचना दिने हो भने मुलुकमा थिति बस्न सक्दैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझेर अघि बढ्न सूचना अधिकारीहरूलाई सुझाव दिएका छन् । 

राष्ट्रिय सूचना आयोगले मंगलबार काठमाडौंमा आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक रहेको उनले बताए । 

सूचनाको हक भन्नेबित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने नरहेको भन्दै उनले गोपनीयतासँग जोडिएका विषयमा ख्याल गर्न आग्रह गरे । त्यस्तै, उनले भने, “कतिपय संवेदनशील विषयमा समेत पारदर्शिता र सुशासनका नाममा सबै सूचना दिने हो भने मुलुकमा थिति बस्न सक्दैन,” उनले भने । 

उनले संविधानमा रहेका सूचनाको हकलाई भने राज्यले ग्यारेन्टी गर्ने उनले जिकिर गरे । पारदर्शितामार्फत नै मुलुकमा सुशासन कायम हुने भएकाले राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न आवश्यक रहेको गृहमन्त्री लेखकले उल्लेख गरे ।  

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्