site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘जनै हराएको बाहुन’ले लियो रिलिज डेट

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ले प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र भदौ ६ गते रिलिज हुनेछ ।

निर्माणपक्षले सिनेमाको कथा झल्काउने एक दृश्य तस्बिर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो ।

सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि छन् । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । 

सांकेतिक दृश्यमा देखिएको व्यक्ति को हो चिनिँदैन । तर,  मुख्य पात्र हुन् भने विजय बराल हुन् ।

दुब्लोपातलो शरीर, अस्ताउँदो सूर्य र ठूलो हवाइजहाजले उडेको दृश्यले रोजगारीका लागि विदेश जान लागेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । किनकी नेपालमा ठूलो हवाइजहाजको दृश्य वैदेशिक रोजगारीको बिम्व रहेको निर्माणपक्षको प्रेस नोटमा उल्लेख छ । 

‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ छायांकन सकेर अहिले पोस्ट प्रोडक्सनमा छ ।

सिनेमालाई निर्देशक हिमाल न्यौपानेले गरेका छन् । ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका कथा र उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा बोल्ने निर्माणपक्षले बताएको छ । 

चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । 

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहने चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०६:०३
प्रतिक्रिया दिनुहोस्