कला

काठमाडौं । ‘डीएसए स्टार–२०२५ सिजन–१६’को फाइनलमा विधागत रूपमा बालबालिकाहरू विजेता बनेका छन् ।
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा भएको प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’तर्फ अदभिका लामिछाने विजेता बन्दा रुबिना राई फस्ट रनरअप र एलिस्मा वाइवा सेकेन्ड रनरअप भइन् ।
‘जुनियर डान्सिङ स्टार’तर्फ समृद्धि शाहले शीर्ष उपाधि जित्दा दिसिका घिसिङ फस्ट रनरअप र युनिका बोगटी सेकेन्ड रनरअप भए ।
‘प्री–टिन डान्सिङ स्टार’तर्फ मनिषा श्रेष्ठ विजेता बन्दा रुहिना तामाङ फस्ट रनरअप र शिखा तामाङ सेकेन्ड रनरअप भए ।
‘सिङगिङ स्टार’तर्फ आँचल अधिकारीले शीर्ष उपाधि चुम्दा प्रिन्सेस भण्डारी फस्ट रनरअप र कृष सुनार सेकेन्ड रनरअप भए ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ १५:१९
प्रतिक्रिया दिनुहोस्