site stats
बाह्रखरी :: Baahrakhari
कला
कान्स रेड कार्पेटमा नेपालबाट प्रदीप खड्का

काठमाडौं । ‘कान्स फिल्म फेस्टिभल–२०२५’मा अभिनेता प्रदीप खड्का सहभागी भएका छन् । प्रदीप चलचित्र ‘एक्लो’बाट सहभागी भएका हुन् । 

कान्स मार्केटमा नेपाली चलचित्रको स्टल नै खडा गरेर सिनेमालाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गरेको छ । 

फेस्टिभलमा प्रदीपसँगै निर्देशक प्रदीप शाही पनि सहभागी भएका छन् । ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट र कोपरेटिभ डिरेक्टर रिश्ता कार्की पनि सहभागी भएको निर्माणपक्षले प्रेस नोटमा जनाएको छ । 

स्टलमा नेपालको झण्डा समेत राखिएको थियो । “हामीले यसवर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौँ,” निर्देशक शाहीले भने ।

‘साइन्स फिक्सन’ चलचित्र ‘एक्लो’मा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरीलगायत कलाकारको अभिनय छ ।

‘एक्लो’को निर्माता राज कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् । कार्यकारी निर्मातामा विनोद सुवेदी छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्