राजनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको तिलगाउँमा हिमताल फुटेर तहसनहस भएको क्षेत्रका बासिन्दालाई उचित राहत दिन माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले १८ घर परिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बसेको बताए ।
उनकानुसार, २१ महिला, ९ पुरुष र दुई बालक त्रिपालमा छन् । उनले उक्त स्थानको निरीक्षण र संरक्षणमा पनि ध्यान दिन आग्रह गरे ।
“उक्त स्थानमा निरीक्षण, संरक्षण र उचित राहतका लागि पहल गर्न सम्बन्धित निकायलाई अनुरोध गर्छु,” उनले भने ।
हुम्लाको तिल्चुङ खोलामा बिहीबार राति एक्कासि बाढी आएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ ११:३७
प्रतिक्रिया दिनुहोस्