अर्थ व्यवसाय

काठमाडौं । दाङ जग्गा तथा आवास विकास संघको अध्यक्षमा रामप्रसाद पोख्रेल सर्वसम्मत रूपमा चयन भएका छन् । घोराहीमा शनिबार सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनले पोख्रेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिमा दुर्गाप्रसाद खड्का वरिष्ठ उपाध्यक्ष, द्रोणराज पाण्डेय उपाध्यक्ष, बालाराम पाण्डेय महासचिव, विनय घिमिरे सचिव र रेमलाल गिरी कोषाध्यक्षमा चयन भएका छन् ।
यस्तै, गोविन्दप्रसाद देवकोटा, मेघराज खड्का, अभियान बस्नेत, दिलीप खनाल, झुप्पलबहादुर केसी, नरेश बुढामगर, दिपेन्द्र पुनमगर, डिल्लीबहादुर भण्डारी, सुनिल पाण्डेय र गञ्जबहादुर विष्ट सदस्यमा निर्वाचित भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ १२:४८
प्रतिक्रिया दिनुहोस्