site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगातार ६ दिन घट्यो सेयर बजार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको हो ।

कारोबार रकम भने वृद्धि भएको छ । आज आठ अर्ब ५० करोड रुपैयाँमा सेयर खरिद–बिक्री भएको छ । गत बिहीबार सात अर्ब आठ करोड ३३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१०० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ । आज ओम मोगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशत र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।  

कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.७१ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन, माइक्रोफाइनान्स र ‘अन्य’ समूहको परिसूचक बढको छ ।

होटेल तथा पर्यटन समूहको १.११ प्रतिशत, माइक्रोफाइनान्सको ०.२७ प्रतिशत र ‘अन्य’को परिसूचक ४.१९ प्रतिशतले बढेको छ ।  

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्