site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड

काठमाडौं । इन्डोनेसियामा सेरेस थ्रीले तीनवटा उत्कृष्ट ईभी अवार्ड जितेको छ । इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी 'ईभी ल्यान्ड एक्जिबिसन'मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस ईवान’का लागि मोस्ट अफोर्डेबल ईभी कार र ‘डीएफएसके गेलोरा ई’का लागि फेवरेट कमर्सियल भेहिकल गरी एकैपटक तीन अवार्ड जित्न सफल भएको हो ।

कार्यक्रम अप्रिल २९ देखि सुरु भएर मे ४ सम्म चलेको थियो । सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल शोमा आफूले हासिल गरेका उपलब्धि सार्वजनिक गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदर्शनीमा विभिन्न ईभी मोडेल प्रदर्शित गरिए पनि नयाँ जमानाका प्रोफेसनलको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको ब्याट्रीमा आधारित एसयूभी (बीईभी) सेरेस थ्रीले विशेष ध्यान खिचेको थियो ।

प्रिबुकिङ प्रणालीमार्फत सेरेस थ्रीको अन ड रोड (ओटीआर) बुकिङ मूल्य जाकार्ता क्षेत्रभित्र आरपी३७० र ३९८ मिलियनको बीचमा उपलब्ध गराइएको थियो । प्रदर्शनी अवधिभर कुल ७८२ वटा गाडी बुकिङ हुँदा सेरेस थ्री एक्लैले नै ३०५ युनिट बुकिङ प्राप्त गरेको बताइएको छ । यसले हाई स्पेसिफिकेसन भएका ईभी गाडीमा उपभोक्ताको ठूलो चासो रहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्