site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभाको सातौँ अधिवेशन आइतबार (आज)देखि सुरु हुँदै छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेलाई बैठक आह्लान गरेका हुन् ।

कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यले बजेट अधिवेशन भएकाले सभामा सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट पेस गर्ने बताए ।

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्