राजनीति

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले बिजुली गइरहेको विषयलाई सरकारको आयुसँग जोडेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद राईले झ्यापझ्याप जानु सरकारको आयुको संकेत हो भनेर प्रश्न गरेकी हुन् ।
“आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?,” उनले प्रश्न गरिन् ।
माओवादीकै सांसद सूर्यमान तामाङ दोङले पनि नेपाली जनता अँध्यारोमा बस्नुपर्ने हो भनी प्रश्न गरे । उनले ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ ११:४३
प्रतिक्रिया दिनुहोस्