
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले राज्यले आरोप लगाएजस्तो संगठित र राज्यविरुद्धको अपराध नगरेको बताएका छन् ।
सर्वोच्च अदालतको आदेशपछि हाजिरी जमानतमा हिरासतमुक्त भएका मिश्रले आफू राजनीतिक मान्छे भएकाले राजसंस्था पुनर्स्थापनाका निम्ति काम गरेको बताए । आफूले आपराधिक उपद्रो नगरेको उनको दाबी छ ।
“म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन,” मिश्रले अदालतको गेट बाहिर भने ।
राज्यले नागरिकको अधिकार खोसिरहेको उनले आरोप लगाए । उनले भने, “राज्यले हतियार लिएको छ म नागरिकको अधिकार खोसिरहेको छ भनेर मलाई महसुस भयो मैले बन्दीप्रत्यक्षीकरण निवेदन दायर गरेको हो ।”