site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानको समर्थन गरेपछि टर्कीको कम्पनीलाई भारतको कारबाही

काठमाडौ । भारतको नागरिक उड्डयन ब्युरोले टर्कीको कम्पनी सेलेबीको सुरक्षा ‘क्लियरेन्स’ तत्काल लागु हुने गरी रद्द गरेको छ । टर्कीको कम्पनी सेलेबी एभिएसनले भारतका धेरै विमानस्थलमा सुरक्षासम्बन्धी काम गरिरहेको थियो ।

ब्युरोले सेलेबीविरुद्धको कारबाहीका विषयमा सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

Argakhachi Cement Island Ad

ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बीसीएएसका महानिर्देशकलाई प्राप्त अधिकारको प्रयोग गर्दै राष्ट्रिय सुरक्षाको हितमा सेलेबी एयरपोर्ट सर्भिसेज इन्डिया प्राइभेट लिमिटेडको सम्बन्धमा सुरक्षा मन्जुरी तत्काल प्रभावले रद्द गरिएको छ ।”

टर्कीले भारतको आलोचना र पाकिस्तानको समर्थन गरेको समयमा यस्तो निर्णय गरिएको हो । गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानका केही स्थानमा हमला गरेको थियो । त्यसको टर्कीले आलोचना गरेको थियो । टर्कीले पाकिस्तानलाई समर्थन गरेको थियो । बीबीसी हिन्दीबाट ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २२:४७
प्रतिक्रिया दिनुहोस्