देश

पर्वत । पर्वतको कुश्मा नगरपालिका–५, मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–४, सल्यान चौतारीका ५६ वर्षीय बमबहादुर भुजेल बेपत्ता भएका हुन् । आफन्तको चौरासी पूजाको फूलपाती कालीगण्डकीमा बगाउन गएका उनलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
नदीले बगाएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजीकार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।
बेपत्ता भुजेलसँगै आएका अर्का युवा भने सकुसल छन् । उनले दिएको जानकारीका आधारमा प्रहरीले खोजीकार्य जारी राखेको जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ २०:११
प्रतिक्रिया दिनुहोस्