site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरा बस दुर्घटना : दुई भारतीयको अवस्था गम्भीर

पोखरा । भारतबाट आएका धार्मिक पर्यटक सवार बस दुर्घटना हुँदा घाइतेमध्ये दुईजनाको अवस्था छ । 

भारतीय नागरिक ६५ वर्षीय रेखा साहु र ६१ वर्षका कोमलराम साहुको अवस्था गम्भीर रहेको कास्की प्रहरीले जनाएको छ । 

उनीहरूको चरक अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

बुधबार पुम्दीकोटमा रहेको शिवको मूर्ति दर्शनपश्चात् उनीहरु शान्ति स्तूप हुँदै पोखरा फर्किँदै थिए । 

शान्ति स्तूपमा रहेको बसपार्कभन्दा केही तलको ओरालोमा बस मोडिन नसकी सिधै तल खस्न पुगेका थियो । 

उक्त बसमा २८ जना सवार थिए । दुर्घटनामा सामान्य घाइते बनेका अन्य भारतीयलाई भने होटेलमा नै पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्