site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा बस दुर्घटना, २२ जना घाइते

पोखरा । पोखरामा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन । बुधबार ग१ख ३८८६ नम्बरको बस पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको शान्तिस्तुपनजिकै दुर्घटनामा परेको हो ।

बस सडकबाट तल खसेको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाका अनुसार, घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।

उनका अनुसार, घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्