site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशमा सात मन्त्रालय, कसरी हुँदैछ कर्मचारीको समायोजन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । मन्त्रिपरिषदको प्रशासन समितिले प्रदेश मन्त्रालय र कर्मचारीको संख्या सम्बन्धी प्रस्तावलाई अन्तिम रुप दिएको छ । तर यो प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्नुपर्ने भएकाले त्यसको पर्खाइमा रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रदेशमा ७ मन्त्रालयसहित प्रदेश प्रमुखको कार्यालय 

उच्चस्तरीय प्रशासनिक सुधार समितिले केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय रहने अन्तरिम प्रस्ताव गरेअनुसार नै अहिले समितिले अन्तिम रुप दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभामा प्रदेश मन्त्रिपरिषद्, प्रदेश आर्थिक विकास मन्त्रालय, प्रदेश कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश गृह मन्त्रालय, प्रदेश पूर्वाधार विकास मन्त्रालय, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालय र प्रदेश शिक्षा, स्वास्थ्य तथा समाजिक विकास मन्त्रालयको नाम तोकिएको भएपनि प्रदेशको आवश्यकताअनुसार मन्त्रालयको नाम फरक–फरक हुन सक्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावअनुसार प्रदेश प्रमुखको निजी सचिवालयमा १२ र कार्यालयमा १३ गरी २५, मुख्यमन्त्री कार्यालयमा २६ र प्रदेशसभा सचिवालयमा २७ कर्मचारी रहनेछन् । अन्य ६ मन्त्रालयमध्ये अर्थमा २१ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा २६ कर्मचारी रहनेछन् । पूर्वाधार विकास मन्त्रालयमा २६, उद्योग मन्त्रालयमा ३३ र स्वास्थ्य, कृषि, भूमि व्यवस्थापन, सहकारी तथा पशुसेवा मन्त्रालयमा ३३ रहनेछन् । त्यस्तै, शिक्षा तथा सामाजिक विकास मन्त्रालयमा ३९ कर्मचारी खटिने प्रस्ताव छ । 

Global Ime bank

सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा प्रस्ताव गरिएका सात मन्त्रालयका लागि दुई हजारको हाराहारीमा कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको छ ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बाह्रखरीसँग भने, “कर्मचारी समायोजन नियमावली नआएकाले अहिले आन्तरिक रुपमा अस्थायी तवरबाट प्रदेशका लागि कर्मचारी समायोजन हुनेछ । पछि कर्मचारी समायोजन भएपछि स्थायी रुपमा नै कर्मचारी पठाइनेछ ।”

उनले सामान्य प्रशासन मन्त्रालयले रायसुझावका लागि कर्मचारी समायोजन नियमावली कानुन मन्त्रालयममा पठाएको भए पनि त्यसको जवाफ नआएको बताए । प्रवक्ता न्यौपानेले कर्मचारी नियमावली आइसकेपछि मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले तयार पारेको प्रतिवेदनका आधारमा कुन तहमा कति कर्मचारी चाहिन्छ थाहा हुने र सोहीअनुसार समायोजनको प्रक्रिया हुने बताए ।  

प्रवक्ता न्यौपानेका अनुसार सचिवदेखि श्रेणीविहीन कर्मचारीसम्म प्रदेशका लागि खटाईनेछ । प्रदेश मन्त्रिपरिषद्मा सचिवस्तरको विशिष्ट श्रेणीका र प्रदेश मन्त्रालयमा सहसचिवस्तरका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी खटाइने तयारी गरिएको उनले बताए । प्रवक्ता न्यौपानेले सेवा सञ्चालन गर्ने मन्त्रालयको कामअनुसार कर्मचारीलाई पठाइने जानकारी गराए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २०, २०७४  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय