site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आजदेखि बजेट अधिवेशन, के गर्ला कांग्रेस ?

काठमाडौं । आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । वैशाख २१ गते राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारका लागि अधिवेशन आह्वान गरेका थिए ।

हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन सुरु हुन लागेको हो । हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो । 

Dabur Nepal
NIC Asia

बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसपति सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।

यसैगरी सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

त्यसपछि  सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन् ।

आजकै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची छ ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसअघि संसद् बैठकबारे बिहीबार सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । खासगरी कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको विषयमा छलफल भएको थियो । तर, बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठकमा आजको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको बताएका छन् ।

"प्रतिनिधिसभाको बैठकमा बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनैपनि कार्यसूची नराख्ने र शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ । दलका नेताहरूले बोल्नुहुन्छ," उनले बिहीबार भनेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आजको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्‌मा सम्बोधन गर्ने बताएका छन् ।

कांग्रेसले आज बिहान साढे ८ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठकले संसद्‌‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro