site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीका मुख्यमन्त्री भन्छन्– हाम्रो सरकारको आयु तीन वर्ष हो,  जवाफ दिने गरी काम गर्छौं
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको पत्र हस्तान्तरण गर्दै कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ । तस्बिर : मनोज दाहाल/रासस

मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्ने बताएका छन् ।

कोसी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरूसँग उनले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकाले सबै दलसँगको सहकार्यमा अगाडि बढ्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुख्यमन्त्री कार्कीले वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि निर्माण भएकाले अहिले उठेका प्रश्नहरूको जवाफ दिने गरी काम गर्ने बताए ।

“नेपालको संविधान र कानुनअनुसार हुने हरेक कुरालाई सरकारले आत्मसात गरेको छ । तर कानुन र संविधानभन्दा माथि र बाहिर कोही छैन भन्नेमा पनि हामी प्रस्ट छौँ,” उनले भने ।

उनले प्रदेशका समस्या सम्बोधन र प्रदेश संरचनाप्रति जनताको विश्वास उठाउने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने समेत पनि बताए ।

मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले चाँडै विश्वासको मत लिनुका साथै मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।
---
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्