site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्तारूढ दल छानबिन समिति बनाउन तयार भएनन्, कांग्रेसले छोडेन अडान
Sarbottam CementSarbottam Cement

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल आआफ्ना मागमा अडिग रहेपछि बैठक निष्कर्षविहीन बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरू संसदीय छानबिन समिति बनाउनुपउर्ने मागमा अडिग रहेको दोहोर्‍याएका थिए । उनले समिति गठनका लागि सरकार पनि सकारात्मक हुने विश्वास आफूहरूले लिएको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, सत्तारूढ दलहरू संसदीय छानबिन समिति बनाउन सकारात्मक भएनन् । रास्वपाका प्रमुख सचेतक परियारले भोलिबाट बजेट अधिवेशन सुरु गरेर असहमति रहेका विषयहरूमा संवाद र सहकार्यमार्फत समाधान निकाल्दै जान सकिने बताएका थिए ।

त्यसैगरी, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले पनि बजेट अधिवेशन सुरुवात गर्नुपर्ने बताएका थिए । उनी पनि संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएनन् ।

Global Ime bank

शुक्रबार मध्याह्न १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । बाँकी छलफल त्यही बैठकमा हुने परियार बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय