site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति जाँदै नगएको युरोप भ्रमणमा ५५ लाख खर्च ! प्रधानमन्त्री युगाण्डा जाँदा सकियो एक करोड २६ लाख
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेल जाँदै नगएको युरोप भ्रमणको खर्च ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ । 

२०८० कात्तिकमा राष्ट्रपति पौडेलले अन्तिम घडीमा युरोप भ्रमण स्थगित गरेपछि बुकिङ गरेको हवाई टिकट बापतको उक्त रकम अर्थ मन्त्रालयले भुक्तानी गर्नु परेको हो ।  उक्त रकम २०८० चैत महिनामा भुक्तानी गरिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।  राष्ट्रपति पौडेलको युरोप भ्रमण २०८० कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मलाई तय गरिएको थियो । 

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा सहभागी हुन पहिलो फ्रान्स जाने कार्यक्रम बनेको थियो ।  फ्रान्सपछि जर्मनी र इटालीको भ्रमण गरी मंसिर १ गते स्वदेश फर्कने राष्ट्रपति पौडेलको कार्यक्रम थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

भ्रमणको सम्पूर्ण तयारी गरिएको थियो भने सम्बन्धित देशमा यात्रा गर्न र बस्नको लागि हवाई टिकट र होटल बुकिङ गर्ने काम समेत भइसकेको थियो ।  २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि युरोप भ्रमण गर्न राष्ट्रपति माथि दबाब परेको थियो । 

भूकम्पका कारण १५४ जनाको मृत्यु, साढे तीन सयभन्दा बढी घाइते र ६१ हजारभन्दा बढी घरमा क्षति पुगेको थियो । 

Global Ime bank

भूकम्पले ठूलो जनधनको क्षति गरेका बेला राष्ट्रपति पौडेल युरोप भ्रमणमा जान लागेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि उनले आफ्नो युरोप भ्रमण रद्द गरेका थिए । त्यसपछि पनि भूकम्प प्रभावित क्षेत्रमा गएका थिए । 

“राष्ट्रपतिको भ्रमण तय भएपछि सम्बन्धित देशमा होटल बुकिङ गरिएको थियो । तर अन्तिम समयमा भ्रमण स्थगन गरियो । धेरै अनुरोध गरेपछि होटलहरुले पैसा लिएनन् । तर एयरलाइन्सले भने मानेनन् । त्यसैले बुक गरेको हवाई टिकट बापतको रकम भुक्तानी गर्नुपर्‍यो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणमा पनि राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण कार्यक्रमको रद्द टिकट बापतको रकम भुक्तानी गर्ने प्रयोजनार्थ ५५ लाख २२ हजार रुपैयाँ रकमान्तर निकासा गरिएको जनाएको छ ।
 
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युगाण्डा भ्रमणका क्रममा एक करोड २६ लाख ६० हजार रुपैयाँ खर्च भएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते युगाण्डा गएका थिए । उनी माघ ७ गते स्वदेश फर्किएका थिए । 

अर्थले सार्वजनिक गरेको विवरणमा उक्त रकम प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा युगाण्डाको राजधानी कम्पालामा आयोजित नामको १९औं शिखर सम्मेलनमा सहभागी भएको नेपाली प्रतिनिधिमण्डलको भ्रमण खर्च बापत भुक्तानी गर्ने प्रयोजनार्थ परराष्ट्र मन्त्रालयको नाममा निकासा गरिएको जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement