site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतसँगको संघर्षमा चीनको युद्ध जेट र मिसाइलले पाकिस्तानलाई दिलायो जित !

ग्याब्रियल होन्राडा, एसिया टुडे


काठमाडौं । पाकिस्तानले आफूसँगको संघर्षका क्रममा भारतले फ्रान्समा बनेको राफेल विमान, रुसी एसयू–३० एमकेआई, मिग–२९ र मानवरहित विमान (यूएभी)सहित धेरै लडाकु विमान गुमाएको दाबी गरेको छ । पाकिस्तानको दाबी सत्य हो भने वायुसेनामा पाकिस्तानभन्दा भारत बलियो रहेको भाष्यलाई चुनौती दिएको देखिन्छ ।

चारदिने सैन्य टकराबले पश्चिमा र रुसी प्रविधिको तुलनामा चीनको लडाकु विमान र मिसाइल प्रविधिको प्रभावकारिता बढी देखाएको हुन सक्छ । तर, दुवै पक्षका मानवीय तत्त्वले नतिजामा भूमिका खेलेको स्पष्ट छ ।

रणनीतिकस्तरमा पाकिस्तानको मिसाइल र लडाकु विमानको प्रभुत्वले भारतमाथि निर्णायक भूमिका खेलेको हुन सक्छ । यसको प्रमुख उदाहरण चीनमा निर्मित पीएल–१५ई बीभीआर मिसाइल हो । यसको अवशेष भारतको पन्जाबमा फेला परेको थियो । युद्धमा यो मिसाइल पहिलोपटक प्रयोग भएको हो ।

रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका जस्टिन ब्रोन्कको रिपोर्टअनुसार, चिनियाँ पीएल–१५ बीभीआर मिसाइल अमेरिकी एआईएम–१२० एमरामसँग बाराबरीको छ भने रुसी आर–७७ भन्दा उत्तम छ । ब्रोन्कले यस मिसाइलमा सक्रिय इलेक्ट्रोनिक स्क्यान एरे राडर र ड्युल–पल्स सोलिड रकेट मोटर प्रयोग भएको बताएका छन् । उनले पीएल–१५ को दुरी २०० किलोमिटर अनुमान गरेका छन् । 

तर, साउथ चाइना मर्निङ पोस्टले २०२१ सेप्टेम्बरमा निर्यातका लागि बनाइएको संस्करण (पीएल–१५ई) को दुरी १४५ किलोमिटर रहेको उल्लेख गरेको थियो ।

अन्तर्राष्ट्रिय सामरिक अध्ययन संस्थानका डगलस ब्यारीले सन् २०२२ सेप्टेम्बरमा पीएल–१५ को 'सोलिड प्रोपोलेन्ट प्रोपल्सन' भारतका राफेल विमानमा प्रयोग हुने मेटियर मिसाइलभन्दा द्रुत गतिको भएको बताएका थिए । तर, मेटिअर मिसाइलको यार्मजेट सस्टेनरले उडानभरि निरन्तर 'थ्रस्ट' प्रदान गर्दै मध्यमदुरी उडान क्षमता उल्लेखनीयरूपमा बढाउने र यसको प्रक्षेपण प्लेटफर्मको क्षमताले मिसाइलको उपयोगिता थप बढ्ने उनी बताउँछन् ।

चिनियाँ जे–१०सी लडाकु विमानको क्षमताबारे ब्रोन्कले यसमा एएसईए राडर, आधुनिक 'सर्च एन्ड ट्रयाक प्रणाली', इलेक्ट्रोनिक सपोर्ट मेजर्स, राडर चेतावनी रिसिभर, मिसाइल एप्रोच चेतावनी प्रणाली र डाटालिंकजस्ता सुविधा भएको बताए । यसले परिस्थितिजन्य सचेतनामा आधुनिक प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न सहयोग गर्ने ब्रोन्क बताउँछन् ।

जे–१० सीले पाँचौँ पुस्ताका हवाई जेटसँग प्रतिस्पर्धा गर्न सक्ने ब्रोन्क बताउँछन् । यसले रुसी एसयू–२७ भन्दा सानो राडर, दृश्यात्मक र आईआर संकेत प्रस्तुत गर्छ र पश्चिमी सिंगल–इन्जिन लडाकु विमानजस्तै एफ–१६ र ग्रिपेनसँग बराबरी गर्न सक्छ ।

उनले एईएसए राडर, लामो दुरीको पीएल–१५ मिसाइल, आधुनिक ककपिट र हेल्मेटमा प्रदर्शन प्रणालीसहित जे–१०सी र यसका भविष्यका संस्करण २०२० को दशकमा पश्चिमी देशका लागि प्रमुख हवाई चुनौती बन्न सक्ने उल्लेख गरेका छन् ।

जे–१० सीको क्षमता बढ्दै गएका बेला यसका पश्चिमी प्रतिस्पर्धी अर्कै समस्यामा छन् । फ्रान्सको अन्तर्राष्ट्रिय सम्बन्ध एजेन्सी (आईएफआरआई) को २०२५ जनवरीको प्रतिवेदनले राफेलमा राडर स्टेल्थको अभाव र विपक्षी हवाई सुरक्षा कारबाही क्षमताको कमीलाई प्रमुख कमजोरी बताएको छ ।

यसले संयुक्त अभ्यासमा स्टेल्थ लडाकु विमानविरुद्ध राफेलको वर्तमान सेन्सर प्रणालीले जित्न धेरै गाह्रो भन्ने फ्रान्सेली वायुसेना अधिकारीहरूको भनाइ छ । प्रतिवेदनले राफेल अल्प र मध्यम अवधिसम्म प्रासंगिक भए पनि पाँचौँ पुस्ताका विमानले प्रभुत्व जमाएको उच्च–तीव्रता संघर्षमा यसले सहायक भूमिकामात्र निभाउन सक्ने चेतावनी दिएको छ ।

अप्रिल २०२३ मा एमजीआईएमओ रिभ्यू अफ इन्टरनेसनल रिलेसन्स जर्नलमा राजर्षि रायले भारतको एसयू–३० एमकेआई विमानको तयारी दर ६० प्रतिशतमात्र भएको र यसमा रुसी पाटपुर्जाको उपलब्धतासम्बन्धी समस्या रहेको उल्लेख गरेका थिए ।

सञ्चालनस्तरमा पाकिस्तानको प्रारम्भिक हवाई चेतावनी र नियन्त्रण विमानले भारतीय लडाकु विमान खसाल्न निर्णायक भूमिका खेलेको हुन सक्छ । सेबास्टियन रोब्लिनको सन् १९४५ मा हालै प्रकाशित लेखअनुसार, पाकिस्तानको इरिएये–सुसज्जित साब २००० विमान ४५० किलोमिटरसम्मको दुरीमा राडरबाट बच्न न्यून उचाइमा उड्ने विमानलाई पनि पत्ता लगाउन सक्षम छ ।

रोब्लिनले यी पूर्वचेतावनी तथा नियन्त्रण (एईडब्ल्यू एन्ड सी) विमानले आफ्नो राडर बन्द गरेर सञ्चालन गर्ने मित्र लडाकु विमानसँग समन्वय गर्न सक्ने बताएका छन् । जसले सुररिक्षत रहने क्षमता बढाउँछ । पाकिस्तानले प्रयोग गरेको चिनियाँ पीएल–१५ मिसाइलले साब २००० जस्तै प्लेटफर्मबाट डाटालिंक मार्फत बीचमार्गबाट निर्देशन प्राप्त गर्छ, जसले प्रक्षेपण गर्ने विमानलाई लक्ष्य इल्युमिनेट नगरिकनै लक्ष्यमा आक्रमण गर्न सक्षम बनाउँछ ।

यस नेटवर्कमा आधारित प्रविधिले लक्षित विमानलाई मिसाइलले टर्मिनल गाइडेन्सका लागि आफ्नो एसईए सिकर प्रणाली सक्रिय नगरेसम्म चेतावनी दिँदैन ।

तर, स्वैम सिंहले सन् २०२२ अगस्टको केप्स (सेन्टर फर एयर पावर स्टडिज) लेखमा भारतले आफ्नो विशाल वायुक्षेत्र निगरानी गर्न क्षमतामा पछि परेको उल्लेख गरेका छन् । भारतसँग मात्र तीनवटा ए–५०ईआई इकाइ र समान संख्यामा स्वदेशी नेत्र मार्क १ विमान छन् ।

यी सञ्चालनको हिसाबले व्यापक सामरिक चित्रलाई प्रभावित गरेको र पाकिस्तानले भारतमाथि हवाई विजयले चीनको लडाकु विमानको लागि बिक्री अहिलेसम्मको सबैभन्दा प्रभावकारी बनाउन सक्छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार, चीन २०२४ मा विश्वको चौथो ठूलो हतियार निर्याकर्ता थियो । तर यसलाई लडाकु विमान बेच्न गाह्रो भएको छ । यसका ग्राहक पाकिस्तान, बंगलादेश, जाम्बिया, सुडान र उत्तर कोरियाजस्ता सीमित देशमात्र छन् ।

फोर्ब्सका पल इडनले भारतसँगको हालको टकराबले चीनले मध्यपूर्व (इजिप्ट, इरान, साउदी अरबजस्ता देश)मा लडाकु विमान बिक्री बढाउन सक्ने बताएका छन् । यस्तो बिक्रीले चीनको लडाकु कूटनीतिलाई बलियो बनाउने र यसले ग्राहक देशसँग प्राविधिक, मर्मतसम्भार र प्रशिक्षणको माध्यमबाट गहिरो सामरिक सम्बन्ध कायम गर्न सक्छ ।

भारत र पाकिस्तानले २०१९ को बालाकोट हवाई हमलाबाट सामरिक पाठ सिकेका हुन सक्छन्, किनभने यसले कश्मीरमा भएको हालको द्वन्द्वमा उनीहरूको प्रतिक्रियालाई मार्गनिर्देशन गरेको छ ।

साउथ एसियन भ्वाइसेजमा सन् २०२४ फेब्रुअरीमा प्रकाशित लेखमा मुहम्मद फैसल र हुमा रहमानले बालाकोट हमलापछि पाकिस्तानको जोखिम स्वीकार गर्ने क्षमता बढेको बताएका छन् । जसले सैन्य बल प्रयोग मार्फत प्रतिकार्य सबल बनाएको छ । उनीहरूको भनाइअनुसार, पाकिस्तानी सरकारले क्षेत्रीय अतिक्रमकतालाई बेवास्ता गर्न सक्दैन र परम्परागत (गैरआणविक) समस्यामा स्पष्ट कूटनीतिक संवाद र प्रतिहमलापछि तनाव घटाउनु नै उचित हुन्छ ।

भारतको सन्दर्भमा दीपेन्द्र हुड्डालेसन् २०२२ फेब्रुअरीको स्टिम्सन सेन्टर लेखमा बालाकोट हमलाले हवाई शक्ति प्रयोगले तनाव बढाउने भन्ने धारणा खण्डित गरेको बताएका थिए । उनले यो हमला भारतले परम्परागत सीमाभित्र हवाई शक्ति प्रयोग गरी लक्ष्यमा प्रहार गर्न सक्ने र तनाव नियन्त्रण गर्न सक्ने क्षमताको प्रदर्शन बताए ।

सन् १९९९ को कारगिल युद्ध र २०१९ को बालाकोट हमलाबाट स्थापित गतिशीलताको विकास नै हालको भारत–पाकिस्तान द्वन्द्व हुन सक्छ । आणविक हतियार बोक्ने दुवै पक्षले आणविक प्रतिक्रियामा नगई पनि गैरआणविकस्तरमा तनाव बढाउने बाटो अपनाएका छन् ।

पाकिस्तानले भारतीय लडाकु विमान र ड्रोनविरुद्धको हालको सफलताले दक्षिण एसियाको वायुसेना सन्तुलन परिवर्तन गरेको मात्र होइन, चीनलाई विश्वको हवाई युद्ध र लडाकु विमान बजारमा प्रमुख खेलाडीको रूपमा स्थापित गरेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्