site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसमविद्लाई प्रश्न– काठमाडौंमा आज कति गर्मी हुन्छ ? 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । तापक्रम बढ्नेक्रम जारी रहँदा केही स्थानमा वर्षाको सम्भावना पनि छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ । 

कोसी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

देशका उच्च–पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौंमा आज बिहान मौसम सफा रहेको छ । अपराह्नपछि भने बदली हुनेछ । “अपराह्नपछि काठमाडौं उपत्यकाभित्र वर्षा नभए पनि आसपासका क्षेत्रमा पानी पर्नेछ,” मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग भने, “हल्का वर्षाको सम्भावना छ ।” 

काठमाडौंमा अधिकतम तापक्रम सोमबारकै हाराहारीमा हुनेछ । सोमबार काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस थियो । “आज पनि हिजोकै आसपासमा हुनेछ । आज तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान गरिएको छ ।” 

विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro