site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एल क्लासिको’ : जितसँगै बार्सिलोनालाई सात अंकको अग्रता, एमबाप्पेको ह्याट्रिक खेर
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्पेनिस ला लिगाको बहुचर्चित खेल ‘एल क्लासिको’मा बार्सिलोनाले रियाल मड्रिडविरुद्ध रोमाञ्चक जित निकाल्दै अंक तालिकामा सात अंकको अग्रता बनाएको छ ।

आइतबार बार्सिलोनाको घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्टाउँदै घरेलु टिमले खेलमा ४–३ को रोमाञ्चक जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई गोल गरे । यस्तै, एरिक गार्सिया र लामिन यमलले समान एक गोल थपे । रियालका किलियन एमबाप्पेले ह्याट्रिक गरे पनि टिमको हार टार्न सकेनन् ।

पाँचौँ मिनेटमा प्राप्त पेनाल्टीलाई किलियन एमबाप्पेले सदुपयोग गरेपछि रियालले सुरुआतमै अग्रता बनाएको थियो । १४औँ मिनेटमा एमबाप्पेले नै गोल गरेपछि रियालले २–० को अग्रता बनाएको थियो । तर, यसपछि बार्सिलोनाले लगातार चार गोल गर्दै खेलमा पुनरागमन गरेको हो ।

१९औँ मिनेटमा एरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई २–१ को स्थितिमा ल्याए । ३२औँ मिनेटमा लामिन यमले गोल गरेपछि बार्सिलोना खेलमा फर्कियो । त्यसको दुई मिनेटपछि नै बार्सिलोनाबाट राफिन्हाले तेस्रो गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा राफिन्हाले नै दोस्रो गोल गरेपछि बार्सिलोनाले ४–२ को अग्रता बनाएको हो ।

दोस्रो हाफमा एमबाप्पेले ह्याट्रिक गर्दै रियाललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल बन्न सकेनन् । एमबाप्पेले ७०औँ मिनेटमा ह्याट्रिक गरेका थिए ।

ला लिगा उपाधि दौडमा कायम रहन रियाललाई आज जित्नै पर्ने दबाब थियो । जितसँगै बार्सिलोनाले शीर्ष स्थानको अग्रतालाई सात अंकमा पुर्‍याएको छ । यसको अर्थ बार्सिलोनाले ला लिगाको आगामी खेल जिते उपाधि सुनिश्चित गर्नेछ ।

लिग लिडर बार्सिलोनाले ३५ खेलबाट ८२ अंक जोडेको छ । समान खेल खेलेको रियालले ७५ अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro