site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोनाको महिला टिमले जित्यो लगातार छैटौँपटक स्पेनिस लिगको उपाधि
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्पेनिस महिला लिग प्रिमेरा डिभिजनको उपाधि बार्सिलोनाले लगातार छैटौँपटक जितेको छ ।

बार्सिलोनाले जारी सिजनको २९औँ खेलमा आइतबार रियाल बेटिसविरुद्ध ९–० को जित निकाल्दै लगातार छैटौँपटक घरेलु लिगको उपाधि पक्का गरेको हो । रियाल बेटिसकै मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कुल पाँच खेलाडीले गोल गरे । बार्सिलोनाबाट क्लाउडिया पिनाले ह्याट्रिक गर्दा एलेक्सिया पुटेयस र इवा पाजोरले समान दुई गोल गरे । यस्तै, आइताना बोन्मती र एस्मी ब्रग्ट्सले समान एक गोल थपे ।

यो जितसँगै २९ खेलबाट ८१ अंकसहित बार्सिलोनाले घरेलु लिग अन्तिम खेलअगावै जितेको हो । स्पेनिस महिला लिगमा सन् २०१९–२० सिजन यता बार्सिलोना लगातार च्याम्पियन बन्दै आएको छ ।

सन् २०१२ मा पहिलो पटक घरेलु लिग च्याम्पियन बनेको बार्सिलोनाले त्यसयता १० पटक प्रिमेर डिभिजनको उपाधि जितेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro