
काठमाडौं । भारतले पाकिस्तानको तीनवटा सैन्य अड्डामा आक्रमण गरेपछि त्यसको प्रतिकारमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु गरेको अलजजिराले बताएको छ ।
उक्त जवाफी कारबाहीको लक्ष्य भारतीय सैन्यस्थलहरू रहेको पाकिस्तानी सेनाले बताएको छ ।
पाकिस्तानी सरकारी मिडियाले दाबी गरेअनुसार पाकिस्तानको कारबाहीमा भारतको ७० प्रतिशत बिजुली ग्रिड साइबर आक्रमणको कारण असक्षम भएको छ ।
सरकारी मिडिया पीटीभी न्युजले यो खबर ‘अपरेसन बुनियान मरसुस’ अन्तर्गत गरिएको साइबर आक्रमणले भारतको बिजुली प्रणाली ध्वस्त भएको बताएको हो । एक्समा प्रकाशित पोस्टमा भनिएको छ, ‘भारतमा अन्धकार छाएको छ ।’
तर, यो दाबीलाई अलजजिराले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बताएको छ । भारत सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।