site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले हाम्रो तीन वायुसेना केन्द्रमा आक्रमण गर्‍यो : पाकिस्तानी सेना
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतले  शनिबार बिहान तीन वायुसेना केन्द्रहरूमा आक्रमण गरेको पाकिस्तानी सेनाले दाबी गरेको छ । भारतीय सेनाले हावाई मार्गबाट जमिनमाथि मिसाइल प्रयोग गरेर तीन वायुसेना केन्द्रहरू लक्ष्य बनाएको थियो । तर, सबै सैन्य सुविधाहरू सुरक्षित रहेको पाकिस्तानी सेनाको मिडिया विभागले जनाएको छ । 

रोयटर्स समाचार एजेन्सीले प्रत्यक्षदर्शीहरूको हवला दिँदै उत्तर–पश्चिम भारतीय राज्य पंजाबको अमृतसर सहरमा चारवटा विस्फोटको आवाज सुनिएको बताएकोे छ । यो सहर पाकिस्तान सीमाबाट करिब ३० किलोमिटर (१९ माइल) टाढा छ ।

भारत नियन्त्रित कश्मीरको जम्मू सहरमा दोस्रो दिनसम्म धेरै विस्फोट सुनिएको छ । 

भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले ड्रोन र मिसाइल आक्रमण गरेको अस्वीकार गरेपछि उनको प्रतिक्रियालाई छद्म कार्य भनेर आलोचना गरेका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ताले लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतले प्रहार गरेका धेरै मिसाइल हावाई रक्षा प्रणालीले अवरोध गरे पनि केही मिसाइल लक्ष्यमा पुगेका बताए ।

उनले भने, “हाम्रा सेना पूर्ण रूपमा तयार छन् ।” उनले भारतले गरेको आक्रमणलाई कायरतापूर्ण भनेका छन् । 

बीबीसीका अनुसार भारतले मिसाइल प्रहार गरेका वायुसेना क्षेत्रहरूमध्ये एक नूर खान हवाइवेस हो, जुन रावलपिन्डीमा अवस्थित छ ।

नूर खान हवाइवेस पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर (६.२ माइल) टाढा छ ।बीबीसीका अनुसार भारतले मिसाइल प्रहार गरेका वायुसेना क्षेत्रहरूमध्ये एक नूर खान हवाइवेस हो, जुन रावलपिन्डीमा अवस्थित छ । नूर खान हवाइवेस पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर (६.२ माइल) टाढा छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro