विदेश

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनामा स्तब्ध र दुःखी भएको बताएका छन् ।
उनले लेखेका छन्, "यो हृदयविदारक छ र शब्दमा व्यक्त गर्न सकिँदैन । यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ । म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु ।"
बिहीबार दिउँसो एयर इन्डियाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । विमान अहमदाबादबाट ग्याटविक जाँदै थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ १७:४८
प्रतिक्रिया दिनुहोस्