
काठमाडौं । पाकिस्तानस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई ‘सुरक्षित स्थानमा’ सर्न निर्देशन दिएको छ ।
लाहोर र यसको उपनगरीय क्षेत्रको हवाई क्षेत्रमा ‘ड्रोन विस्फोट’ र भारतद्वारा हुने ‘सम्भावित हवाई घुसपैठ’लाई ध्यानमा राख्दै पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो ।
“महावाणिज्य दूतावासले प्रारम्भिक रिपोर्टहरू प्राप्त गरेको छ कि पाकिस्तानी अधिकारीहरूले लाहोरको मुख्य विमानस्थल नजिकैका क्षेत्रहरू खाली गराउन सक्छन्,” अमेरिकी महावाणिज्य दूतावासको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ ।
“जो अमेरिकी नागरिक यी क्षेत्रमा छन्, उनीहरू यदि सम्भव हुन्छ भने त्यहाँबाट सुरक्षित स्थानमा जानुपर्छ,” अमेरिकी महावाणिज्य दूतावासले आफ्ना नागरिकलाई सुझाव दिएको छ । बीबीसी