
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले सतर्कता र संवेदनशीलताका साथ पाकिस्तानविरुद्ध कारबाही गरेको बताएका छन् ।
सीमा सडक संगठन (बीआरओ)को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा हाम्रा भारतीय सेनाले सबै भारतीयहरूलाई गौरवान्वित बनाएको छ ।”
भारतीय सेनाले नयाँ इतिहास रचेको दाबी समेत उनले गरेका थिए । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने, “भारतीय सेनाले सतर्कता र संवेदनशीलताका साथ कार्य गर्यो । निर्धारित लक्ष्यहरूलाई योजनाअनुसार नष्ट गर्यो । कुनै पनि नागरिक रहेको स्थान वा नागरिकहरू प्रभावित नहुन् भनेर पनि संवेदनशीलता देखाइएको थियो ।”
राजनाथ सिंहले रामायणको अशोक वाटिकाको स्मरण गर्दै भारतीय सेनाले हनुमानको आदर्शको पालना गरेको बताए । “हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेहरूलाई मात्र मार्यौ,” रक्षामन्त्री सिंहले भने ।